हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडा स्थित पञ्चमुनिदेव मा.वि.को कक्षा ११ का प्राविधिक समुहका विद्यार्थीहरुले विद्यालयमा कुखुरा पालन सुरु गरेका छन् ।प्राविधिक समुहका विद्यार्थीहरुमा उद्दमशिलता विकास गरि भविष्यमा सोही पेशा वा व्यवसायलाई व्यवसायिक बनाउने उद्देश्यले विद्यार्थी मार्फत कुखुरा पालन गरेको विद्यालयका भेटरेनरी संयोजक डा.प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयको आर्थिक सहयोगमा विद्यार्थीहरुले ३ सय २० लोकल कुखुरा पालेका छन् । भेटरेनरी संयोजकका अन्ुसार विद्यार्थीहरुले ३ प्रजातिका (घाटी खुईले, साकिनी र कडकनाथ ) कुखुरा पालन गरेको गरेको बताउनुभयो । हाल कुखुराको रोखदेख विहान र बेलुकाको समय विद्यार्थी गर्ने र रातिमा विद्यालयमा बस्ने स्टाफहरुद्धारा गर्ने गरेको बताउनुभयो ।
विद्यालयले गरेको लगानिमा बिक्री वितरण पछि मुनाफको हकदार विद्यार्थी हने छन् । यसै गरि कक्षा १२ का विद्याथीहरुका लागि बटाई पालन गर्ने बताउनुभएको छ । कक्षा १२ का विद्यार्थीहरुको पढाई अवधि कम रहेको हुदा छिट्टै मुनाफा गर्न सकिने हुदा बटाई पालनलाई समावेश गरिने बताउनसभयो । यो संगै विद्यालयले खरायो पालनल लगायतका अन्य योजना पनि रहेको अधिकारीले जानकारी दिनुभएको छ ।
जिल्लाकै पशु तथा कृषि क्षेत्रमा गरिने परीक्षणका लागि ल्याबको स्थिर उन्नती गरिएको भेटरेनरी संयोजक अधिकारीले जानकारी दिनुभएको छ । ल्याबको स्थिर उन्नती भएसंगै विद्यालयका विद्यार्थीहरु बाट स्थानिय किसानहरुको कृषि तथा पशु क्षेत्रको परिक्षण गर्ने बताउनुभएको छ ।
जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित विद्यालयले सिकाई संगै विद्यार्थीहरुलाई व्यवसायिक बनाउनका लागि विगतदेखी नै च्याउ खेति, खोप कार्यकम्र तथा तालिम लगायतका कार्यहरु गदै आएको विद्यालयका सुचना अधिकारी लक्ष्मण पुरिले जानकारी दिनुभयो ।
Discussion about this post