दुलेगौडा । तनहुँको व्यास नगरपालिका वडा नं. ५ का ६४ बर्षीय पुरुष कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गत मंसिर २९ गते उक्त पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत अवस्थामा रहेका पुरुष सोमबार राति ८ः२० मा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
Discussion about this post