म्याग्दे । दुर्घटना न्यूनीकरणमा गर्नका लागि जिल्लाको म्याग्दे गाउँपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई संङ्केत सामग्री हस्तान्तरण गरेको गाउँपालिकाकी अध्यक्ष माया देवी राना आलेले जानकारी दिनुभयो ।
गाउँपालिका क्षेत्रभित्र निकै जोखिमपूर्ण रहेका ठाउँमा दुर्घटनामा न्यूनिकरण गर्नका लागि ट्राफिक सम्बन्धी सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष आलेले जानकारी दिनुभयो ।
ट्राफिक सामाग्री अन्र्तगत स्पीड लिमिट सामाग्री १० थान , रोक्न निषेध सामाग्री १० थान , दुर्घटना ग्रस्त क्षेत्र सामाग्री १० थान ,दुर्घटना सम्भावित क्षेत्र सामाग्री ७ थान र ट्राफिक कोन सामाग्री १० थान रहेको छ ।
गाउँपालिकाले हस्तान्तरण गरेको सामाग्री म्याग्दे गाउँपालिकाको क्षेत्रहरुमा राखिने ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाभाटले बताउनु भयो।
Discussion about this post