काठमाडौ । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौको माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । वर्षौँदेखि उखुको भुक्तानी नपाउदा उखु किसानहरु काठमाडौं धाइरहेका छन्।
काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन आग्रह गरिरहेका छन्। केही दिनअघि काठमाडौं आएका उनीहरुले आज पनि माइतीघरमा प्रदर्शन गरे। केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाउँदै पैसा दिन नसक्ने बताएपछि उनीहरुले माइतीघरको सडकमै नागरिकता समेत देखाए। पैसा नपाएपछि ऋणमा डुबेका किसानले माइतीघरमा आँशु नै झार्न पुगे।
Discussion about this post