• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

सरकारविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

Lekhnath Khabar by Lekhnath Khabar
December 14, 2020
in राष्ट्रिय, समाचार
0
0
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ ।  सरकारको अकर्मण्यताविरूद्ध नेपाली काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ । आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न आउँदा प्रहरी प्रशासनले रोक लगाएर वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा समेत लिएपछि आक्रोशित बनेको कांग्रेसले सोमबार सरकारविरुद्ध देशैभरी प्रदर्शन गर्न लागेको हो । ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको आरोप पनि कांग्रेसले लगाइरहेको छ ।

पछिल्लो समय राजावादीहरूले देशका विभिन्न शहरमा प्रदर्शन गरेपछि झस्किएको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन विभिन्न नारा पनि तय गरेको छ । नारामा ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ जस्ता विषय समेटिएका छन् ।

कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।कोरोनाका कारण भन्दै कांग्रेसले औपचारिक रूपमा कुनै पनि जिल्लामा प्रतिनिधि पठाएको छैन । तर, शीर्ष नेता र अधिकांश केन्द्रीय सदस्य जिल्ला–जिल्लामा पुगेका छन् ।

तनहुँमा दमौलीमा हुने सडक प्रदर्शनमा नेपालीका काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले भने काठमाण्डौमा हुने विरोध सभालाई सम्बोधन गर्ने छन् ।
तनहुँमा आज हुने कार्यक्रमलाई सफल पार्न भन्दै आइतबार साँझ नेपाल विद्यार्थी संघ तनहुँको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहमा सिठ्ठी जुलुस समेत निकालिएको थियो ।  २०७४ सालमा सम्पन्न आमनिर्वाचन यता सत्ताको लाचार छायाँका रुपमा आफ्नो परिचय बनाएको कांग्रेसले पहिलो पटक देशव्यापी प्रदर्शन लागेको हो ।

सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस पहिलो पटक सडकमा उत्रन लागेको हो । तीन वर्षअघि सम्पन्न निर्वाचनमा नराम्ररी पछारिएपछि होश हवास गुमझै भएको कांग्रेस बल्ल प्रतिपक्षीको भूमिकामा देखिन लागेको हो । निर्वाचनमा भएको हारमा एकार्कामै दोषारोपण गरेर आन्तरिक किचलोमा फसेको कांग्रेस हालै वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पुल उदघाटनका क्रममा प्रहरीले दुव्र्यवहार गर्दै हिरासतमा लिएपछि सडक प्रदर्शनमा ओर्लेको हो ।

देशमा बढेको भ्रष्टाचार, कोरोना भाइरस नियन्त्रणका नाममा भएको ब्रह्मलूट, संविधानको भावनाविपरित ऐन कानून बनाइँदासमेत दूधको साक्षी बिरालो भएको भन्दै काग्रेसको आलोचना भएका बेला कांग्रेस सडकमा उत्रन लागेको हो ।

तस्विर विष्णु गौतमको फेसबुकबाट

Previous Post

सरकारविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

Next Post

सुकुम्वासीलाई ब्यवस्थित गर्न २०० प्रतिशतसम्म दस्तुर लिने तयारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सुकुम्वासीलाई ब्यवस्थित गर्न २०० प्रतिशतसम्म दस्तुर लिने तयारी

सुकुम्वासीलाई ब्यवस्थित गर्न २०० प्रतिशतसम्म दस्तुर लिने तयारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?