हरि खरेल/दुलेगौडा । तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ९ स्थित पर्यटकिय क्षेत्रको रुपमा स्थिापित पवित्र तिर्थस्थल ढोरबाराही मन्दिर खुल्ला भएको छ । गत चैत्र ११ बाट बन्द रहेको मन्दिर मंसिर २६ गते खुल्ला गरिएको शुक्लागण्डकी वडा नं. ९ का वाडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाको निर्णय अनुसार शनिबार वाहाली (पुजा अघि बलि दिने चलन) पुजा गरेपछि मन्दिर परिसरमा भक्तजनको लागि पुजा गर्न खुल्ला गरिएको बताउनुभयो । यस अघि मन्दिर बन्द रहेता पनि भक्तजनहरु बाहिरबाटै दर्शन गरेर जाने गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
करिब साढे ८ महिना सम्म बन्द रहेको मन्दिरमा दैनिक रुपमा नित्यपुजा भने हुने गरेको उहाँले बताउनुभयो । मन्दिर परिसरमा प्रवेश गर्दा भक्तजनहरुले स्वास्थ्यका मापदण्ड अनिर्वाय रुपमा पालना गर्नुपर्ने जानकारी यिदनुभयो । जसका लागि टोल विकास संस्थकोे समन्वयमा ठाउँ ठाउँमा साबुन पानीको व्यवस्था गर्ने र अनिवार्य रुपमा माक्सको प्रयोग गर्न लागउने वातावराण तयार गर्ने गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
Discussion about this post