दुलेगौडा । तनहुँको शुकलागण्डकी नगरपालिका भित्र बिहिबार ३ कोरोना संक्रमित बिरामी सहित १ व्यक्तिको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का ७४ बर्षीय वृद्ध व्यक्ति रहेको स्रोतले जनाएको छ । मंसिर २२ गते कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि संगै वृद्ध व्यक्तिले पोखरा स्थित चरक अस्पतालमा उपचारत अवस्थामा रहेका थिए । आज बिहान करिब ३ः१५ तिरको समयमा उक्त वृद्धको मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यसै गरी सोही नगरको वडा नं. ९ का २७ बर्षीय पुरुणमा कोरोना संक्रमण पुष्टि भएको छ । साथै नगरकै वडा नं. ११ का ७० र ३२ बर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।
Discussion about this post