दुलेगौडा । तनहुँमा सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको शुक्लागण्डकीमा २, व्यासमा १ र विभिन्न अस्पतालमा उपचारत ३ गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का ४७ बर्षीय पुरुष र वडा नं. ८ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । यसै गरी जिल्लाको व्यास नगरपालिका वडा नं. ५ की ३१ बर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ ।
यसै गरी पोखार स्थित चरक अस्पतालमा २३ बर्षीय महिला, मणिपाल अस्पतालमा ३५ बर्षीय महिला र पश्चिमाञ्चल कम्युनिटि अस्पतालमा ४२ बर्षीय पुरुष गरी ३ जना उपचारत अवस्थामा रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
Discussion about this post