• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

शिवकुमारको लोभ लाग्दो बाख्रा पालन

Lekhnath Khabar by Lekhnath Khabar
December 7, 2020
in कृषी, समाचार
0
0
SHARES
536
VIEWS
Share on FacebookShare on Twitter

अमरराज नहर्की । धन कमाउने सम्बन्धमा नेपालीमा एउटा उखान छ– ‘कि लामो बाटो कित बाख्रोपाठो’ । भिमाद नगरपालिका–९ पार्थदीका युवक शिवकुमार आलेले भने लामो बाटो रोज्नु भएन बाख्रा पालनमा लाग्नु भयो । लामोबाटोमा लाग्ने उहाँका साथीहरु बाख्रा पालनबाट मनग्गे कमाएको देखेर दङ्ग परिरहेका छन् ।

बाख्रा पालनबाट कृषक आले लखपती मात्रै बन्नु भएको छैन आफ्नो नाम टाढा टाढा सम्म पैmलाउन सफल हुनु भएको छ ।  आलेले प्रजनन् बोका तथा माउ बेच्दै आउनु भएको छ । आलकोे सृजनशील बाख्रा फर्ममा ४० वटा माउ र अन्य पाठापाठी गरी १२० वटा बाख्रा रहेका छन् । उन्नत जातका बोका, पाठापाठी विक्री गरेर बाट वार्षिक रुपमा १६ लाख भन्दा बढी मुनाफा कमाएको आलेले बताउनुभयो ।

उच्च शिक्षा अध्ययन गर्ने क्रममा सम्पत्ति कमाउन विदेश गएका उहाँका साथीहरु अहिले पछुताई रहेका छन् । स्वदेशमा नै पसिना बगाउँ भन्दा नमान्ने तिनै साथी आलेको सिको गर्न थालेका छन् । आलेले २०६८ सालमा १० वटा स्थानीय खरी जातका बाख्रा पालेर फर्म सञ्चालन गर्नु भएको थियो ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट तालिम लिएर फर्म सञ्चालन गरेको आले बताउनुहुन्छ । बन्दीपुर गाउँपालिका–१ पिप्लेमा सिभिल ओभर सियर पढ्न पुग्नु भएका आले बन्दीपुर स्थित बाख्रा अनुसन्धान केन्द्रमा बोयर बाख्राको अवलोकन गरेपछि पहाडी क्षेत्रमा बाख्रा पालेर मनग्गे कमाउन सकिन्छ भन्ने सोचेर बाख्रा पालन गर्नु भएको हो । ‘बोयर बाख्रा देखेपछि मेरो बाटो मोडियो कृषिमै भविश्य राम्रो देखेर शुरु गरें’ आलेले भन्नुभयो ।

पछिल्लो समय नेपालबाट अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरुले त्यहाँबाट शीप सिकेर नेपालको कृषिलाई व्यवसायिक गर्नमा सहयोग पु¥याइरहेका उदाहरण छन् त्यसमध्येमा आले पनि पर्नुहुन्छ । साना किसान बैंकको छात्रवृत्तिमा सिक,कमाउ र गर (लर्न एण्ड अर्न) अन्तर्गत आधुनिक कृषि प्रणालीको ११ महिना इजरायलमा अध्ययन गर्ने अवसर पाएको आलेले बताउनुभयो ।

सन् २०१८ देखि आलेले इजरालयबाट फर्किएर बोयर बोका विदेशबाट मगाएर खरी बाख्राको नश्ल सुधारमा लाग्नु भयो । अष्ट्रेलिया र अफ्रिकाबाट ३/३ लाख दरले ६ लाख खर्च गरी बोयर बोका ल्याएर डिमाहा बोयर बाख्राका विक्री गर्न थालेको आलेले जानकारी दिनुभयो ।

५० प्रतिशत बोयरको किलोको १ हजार ४१० रुपियाँ, ७५ प्रतिशतको १ हजार ८ सय, ८७ प्रतिशतको २ हजार ६ सय र त्यसभन्दा माथिको तीन हजार प्रतिकिलोको दरले माउ तथा बोका बेच्ने गरेको उहाँले बताउनुभयो । ‘माग बढेकाले सङ्ख्या वृद्धि गरेको छु हाल मासिक करीव डेढ लाख कमाई हुन्छ चार जनाले रोजगारी पनि पाएका छन् ’ आलेले भन्नुभयो ।

बाख्राको आहारको लागि राईखनपयो, बदहर, निमारो सुपर नेपियर, ईपिलईपिल, स्टाईलो, ज्वाई, भेच, चुलेत्रो, राईखनिउ, खनियो लगायतको घाँस लगाएको आलेले जानकारी दिनुभयो । १७ रोपनी बारीमा उक्त घाँस लगाएको र धान भन्दा घाँसबाट बढी फाईदा हुने भएकोले ५ रोपनी खेतमा पनि बाख्राको लागि घाँस पालेको आले बताउनुहुन्छ ।

अध्यन भ्रमण आएका कृषक तथा उन्नत जातका वाख्रा पाल्ने कृषक आलेको फर्ममा दिनहुँ जसो आउँछन् । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ आले नमुना बाख्रा पालक कृषक भएकोले यस क्षेत्रका कृषक प्रेरक व्यत्तित्वा भएको बताउनुभयो । केन्द्रबाट २ लाख ५० हजार रुपियाँ प्रोत्साहन पालन विस्तारको लागि प्राप्त गरेको डा. श्रेष्ठले जानकारी दिनुभयो । ‘आलेले राम्रो कमाई गरेको देखेर स्थानीय युवाहरु बाख्रा पालनमा प्रेरित भईरहेका छन्’ डा. श्रेष्ठले भन्नुभयो ।

‘संभावना कृषि क्षेत्रमा धेरै छ चुनौती पनि उत्तिकै छ बीचमा तालमेल मिलाउन सीप चाहियो धन कमाउन सकिन्छ’ कृषक आले भन्नुहुन्छ । नेपाल कृषि प्रधान मुलक भएर पनि काम गर्ने तौरतरिका परम्परागत भएकाले पछाडी परेको उहाँ बताउनुहुन्छ । ‘अब कृषि पढेका मान्छेले गर्नुपर्छ नत्र नाम मात्रैको कृषि प्रधान देश हुन्छ विदेशबाट आयात गर्ने’ आलेको भनाई छ । परम्पराग तरिकाबाट गर्ने अधिकांश कृषकले नाफा घाटा सँग हिसाब नगर्ने भएकाले आर्थिक अवस्था उकासिन नसकेको उहाँ बताउनुहुन्छ ।

विदेशमा १६ घण्टा काम गरेर ३० हजार कमाउँछन भने क्षमता विकास गर्नु पर्छ जे काम सीप छ त्यही काम गर्दा त्यो भन्दा धेरै नेपालमै कमाउन सकिने सुझाव आलेको छ । राज्यले सहुलियत कर्जाको लागि सहज पहुँच नपु¥याएकोले पनि कृषि क्षेत्रमा आर्कषण बढन् नसकेको आलेको भनाई छ । ‘बेरोजगारी नेपालमा बसेर काम गर्न इच्छुक छन् तर कसरी के गर्ने तरिका थाहा छैन, सीपको कमी छ सरकारले वातावरण बनाउनु पर्छ’ आलेले गोरखापत्रसँग भन्नुभयो ।

सरकारले बनाएको नीतिगत व्यवस्था कार्यक्रम सामान्य कृषकाको पहुँच पुग्नु पर्ने, कृषको वर्गिकरण गर्ने जस्ता कार्य गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । जसरी पनि काम गर्नु पछस् खाली बस्नु हँुदैन ८ घण्टाका काम गर्नुपर्छ भनेर तयार भए पनि युवाले कृषि क्षेत्रबाट मनग्गे कमाउन सक्ने आलेको धारणा उहाँको छ ।

‘सृजनशील काममा नजोडिने, माटोमा पसिना नबगाउने हो भने देश बन्दैन’ आलेले भन्नुभयो । साना किसान सम्मेलनमा इजरायलमा गई अध्ययन गरेर फर्किएका २ हजार ७ सयबाट छनोट भई राम्रो व्यवसाय गर्ने मध्ये ५ जना आले पर्न सफल हुनु भएको छ ।

युवाहरुको सफलताको कथा प्रस्तुत गरेर आउनु भएका आलेले नेपालको लागि इजरायका राजदुत बेनी ओमेरले इजरायलबाट सीप सिकेर व्यवहारमा उतारेको भनि साना किसान सम्मेलनमा केही समय सम्मान गर्नु भएको थियो । आलेले बाख्रा पालनमा ३५ लाख रुपियाँ लगानी गरिसकेको जानकारी दिनुभयो ।

Previous Post

प्रभावकारि कार्यसम्पादनका लागि कर्मचारीलाई तालिम

Next Post

 नेपाल टेलिकमले शिक्षक र विद्यार्थीलाई निःशुल्क सिम वितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
 नेपाल टेलिकमले शिक्षक र विद्यार्थीलाई निःशुल्क सिम वितरण

 नेपाल टेलिकमले शिक्षक र विद्यार्थीलाई निःशुल्क सिम वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?