• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सुविधा सम्पन्न बन्दै दमौली अस्पताल

Lekhnath Khabar by Lekhnath Khabar
December 7, 2020
in समाचार
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

दमौली ।  तनहुँको जिल्ला अस्पतालको रुपमा रहेको दमौली अस्पतालमा विरामीको चाप बढ्न थालेपछि गण्डकी प्रदेश सरकारले चार भेन्टिलेटर प्रदान गरेको छ ।

विरामीहरुको स्तरीय उपचार जिल्लामा नै सम्भव बनाउनका लागि भेन्टिलेटर प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ । सघन उपचार कक्ष निर्माणको लागि गण्डकी प्रदेश सरकारले एक करोड ६९ लाख बजेट विनियोजना गरेको अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले जानकारी दिनुभयो ।

कोरोना भाईरस सङ्क्रिमतको उपचारको लागि लक्षित गरी अस्पतालमा भेन्टिलेटर सहितको आइसोलेशन कक्षा निर्माण कार्य अघि बढाउने क्रममा ति उपकरण प्राप्त भएको उहाँल बताउनुभयो ।

जिल्ला अस्पतालमा सघन उपचार कक्ष सञ्चालन गरि सेवा प्राप्त हुने भएपछि यहाँका विरामीहरु अन्यत्र जानुपर्ने बाध्यता हट्ने विस्वास लिइएको छ । यस अघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौ पुगेर स्वास्थ्य सेवा लिनुपर्ने समस्या रहके थियो ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा दमौलीमा अस्पतालको पूर्वाधार विकासमा समेत जोड दिइएको छ । अस्पताल परिसरमा रहेको पुरानो भवनलाई आइसोलेशन भवनको रुपमा विकास गर्ने तयारी भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताउनुभयो ।

अधिकारीले पूर्वाधार विकासका लागि केन्द्र सरकार मार्फत दुई करोड बजेट प्राप्त भएको जानकारी दिदै सोही अनुसार पूर्वाधार विकास गर्ने चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार अस्पताललाई चार भेन्टिलेटर सहितको दश शैया क्षमताको बताउने तयारी छ ।

केही समय अघि मात्रै अस्पतालले दन्तसेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । दाँतको उपचारका सहज बनाउन उक्त मेसिन खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याएको दन्तरोग विशेषज्ञा डा.सुनयन सुवेदीले जानकारी दिनुभयो । उक्त मेशिनलाई करीब रु ५० लाख पर्ने अस्पतालले जनाएको छ ।

यस्तै गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै सहयोगमा सुत्केरी सेवाको एनेस्थेसिया उपकरण प्राप्त भई सेवा सुरु भईसकेको छ । बिरामीलाई पूर्णतः बेहोस बनाउने उपकरण हो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने २० लाख रुपैयाँ बराबरको उक्त उपकरण गण्डकी प्रदेशको दमौली सहित स्याङ्जा जिल्ला अस्पताललाई पनि हस्तान्तरण गरिएको थियो ।

उक्त उपकरण जडान गरिएपछि विशेषतः अस्पतालमा सुत्केरी गराउने महिलालाई सहज रुपमा सेवा प्रवाह गर्न सकिने दमौली अस्पतालका प्रमुख डा.पौड्यालले जानकारी दिनुभयो ।

व्यवस्थापन समितिले जनशक्ति, ल्याब सामग्री खरिद तथा कर्मचारी आवास कार्यक्रमका लागि निक साइमनसँग ५० लाख रुपैयाँ बराबरको सम्झौता समेत गरेको छ । आकस्मिक कक्ष, सुत्केरी कक्ष, प्रयोगशालाका लागि आवश्यक उपकरण लगायत खरिदका लागि सम्झौता गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार अस्पतालले निकट भविष्यमै थाइराइडको पनि उपचार शुरु गर्न लागेको छ । त्यसका लागि एक जना प्राविधिक आवश्यक पर्ने भएकाले सोको पनि निक साइमनसँग सम्झौता गरिएको छ । त्यस्तै फिजियोथेरापी सेवा शुरु गर्नका लागि एक जना चिकित्सक, फार्मेसी व्यवस्थापनका लागि बि फार्मेसीको माग गरिएको छ । दमौली अस्पतालमा तनहुँका अतिरिक्त कास्कीको पूर्वि भेग, लमजुङ र गोरखाको दक्षिणी भेगका नागरिकहरु उपचारको लागि आउने गर्छन् ।

 

 

Previous Post

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिसंगै फरफिरे स्वास्थ्य चौकी बन्द

Next Post

प्रभावकारि कार्यसम्पादनका लागि कर्मचारीलाई तालिम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
प्रभावकारि कार्यसम्पादनका लागि कर्मचारीलाई तालिम

प्रभावकारि कार्यसम्पादनका लागि कर्मचारीलाई तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?