• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पार्टी आस्था फरक हुदाँ ब्यवहार पानि बाराबार, कांग्रेस–कम्युनिस्टका अलग्गै घट्ट

Lekhnath Khabar by Lekhnath Khabar
November 26, 2020
in समाचार
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मुगु । फरक राजनीतिक आस्था भएकै कारण कति विभेद सहनुपर्छ भन्ने उदाहरण मुगुमा देखिएको छ। स्थानीयले बहुमत र अल्पमतको आधारमा भौतिक पूर्वाधार बनाउन थालेका छन्।

राजनीतिक दल र विचार नमिलेपछि छायाँनाथ रारा नगरपालिका– ६ स्थित लिउडी गाउँमा कांग्रेस र कम्युनिस्टले अलगअलग पानीघट्ट निर्माण गरेका छन्। २७ घरधुरी रहेको सो गाउँमा कांग्रेसको बहुमत छ। त्यहाँ कांग्रेस समर्थक १९ घरधुरी छन् भने बाँकी कम्युनिस्ट समर्थक छन्।

गाउँको पानी घट्ट आफूहरूको रहेको कांग्रेस पक्षधरको दाबी छ। उक्त घट्टमा अन्न पिस्न नदिएपछि कम्युनिस्टहरू मिलेर छुट्टै घट्ट निर्माण गरेका छन्। केन्द्र, प्रदेश र अधिकांश स्थानीय तहमा नेकपाको बहुमत छ। तर, लिउडी गाउँमा भने कांग्रेसको बहुमत भएकाले आफूलाई फरक व्यवहार हुने गरेको नेकपा पक्षधर बताउँछन्।

एक नेकपा समर्थकले भने, ‘जिल्लाका अन्य गाउँमा त यस्तो खालको राजनीति देखेको छैन, तर यहाँ त हामी थोरै हुँदा हेपिएका छौं। गाउँमा धेरै कांग्रेस छन्, हामीलाई कुनै काममा पनि सहभागी हुन दिँदैनन्।’ गत वर्षमात्र प्रदेश सांसद विकास कोषबाट नेकपाका एक सांसदले सो गाउँलाई दिएको खानेपानीको योजनासमेत कांग्रेस समर्थकले रद्द गरेका उनले बताए।

अल्पमतमा भएकै कारण आफूहरू गाउँका कुनै पनि सार्वजनिक योजनामा सहभागी हुन नपाएको कम्युनिस्टहरूको दुःखेसो छ। गाउँको पुरानो घट्ट कांग्रेसले आफूहरूको भएको भन्दै अन्न पिस्न नदिएपछि डेढ घण्टा हिँडेर कोटिल्ला गाउँको घट्ट पुग्ने बाध्यता अहिले अन्त्य भएको नेकपा समर्थक रामकुसम सेजुवालले बताइन्। उनले भनिन्, ‘अहिले त हामी कम्युनिस्टका आठ घर मिलेर गाउँमा आफ्नै घट्ट निर्माण गरेका छौं, अब हामीले बनाएको घट्टमा कांग्रेसलाई पनि पिस्न दिन्नौं।’

कांग्रेस पक्षधर प्रेम सेजुवालले भने, ‘जहाँ पनि बहुमतको कदर हुन्छ, तर यहाँ अल्पमतमा रहेका कम्युनिस्टहरूले भने हरेक काममा विरोध मात्र गरे। हरेक निर्णयमा विरोध मात्र हुन थालेपछि बाध्य भएर अलगअलग घट्ट बनाउनु परेको हो, उनीहरू आफैं हाम्रा योजनामा सहभागी हुँदैनन्।’ वर्षौंदेखि एउटै घट्टमा अन्न पिस्दै आएका स्थानीयबीच यसअघिको स्थानीय तह र प्रदेशको निर्वाचनपछि विवाद बढेको हो। कांग्रेस र नेकपा समर्थकले आआफ्नै घट्ट निर्माण गरेको जानकारी आफूलाई नआएको वडाध्यक्ष हर्कबहादुर ऐडीले बताए। सुदुर पश्चिम पोष्टका लागि जीवन सेजुवालले लेख्नुभएको छ ।

Previous Post

उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि……

Next Post

आँबुखैरेनीमा बस दुर्घटना, ११ यात्रु घाइते

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
सवारी दुर्घटनाका दुई घटनामा चार घाइते

आँबुखैरेनीमा बस दुर्घटना, ११ यात्रु घाइते

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?