दुलेगौडा । तनहुँमा शनिबार मात्रै २४ जना कोरोना संक्रमित बिरामी थपिएका छन् ।शनिबार जिल्लाको शुक्लागण्डकी नगरपालिकामा १, व्यास नगरपालिकामा ८, भिमाद नगरपालिकामा ७, घिरिङ गाउँपालिकामा ७ र फेवासिटी अस्पतालमा उपचारत अवस्थामा १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
जिल्लाको व्यास नगरपालिका वडा नं. १ की ४९, २१ वर्षीया दुई महिला र २०, ५२ वर्षीय दुई पुरुष कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरको वडा नं.२ की ६३ वर्षीया महिला, व्यास–४ का ३७ वर्षीय पुरुष, व्यास–८ का ६६ वर्षीय पुरुष र व्यास–९ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक शर्मालेजानकारी दिनुभयो ।
त्यस्तै भिमाद नगरपालिका वडा नं.४ का १९ वर्षीय पुरुष, भिमाद–५ की २९ वर्षीया महिला, भिमाद–६ की ४९ वर्षीया महिला, भिमाद–७ की १९, ३५ वर्षीया दुई महिला र ५१, ३८ वर्षीय दुई पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
यसै गरी जिल्लाको घिरिङ गाँउपालिका वडा नं. १ की २१, ६५ वर्षीया दुई महिला र ७१, ३५, ५६ वर्षीय तिन पुरुष समेत कोरोना देखिएको छ । साथै होही गाउँपालिका वडा नं. ३ का ४०,५६ वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ४१ वर्षीया महिलामा समेत संक्रमण भएको छ । साथै फेवासिटी अस्पताल पोखरामा उपचारत २३ वर्षीया महिलामा समेत कोरोना संक्रमण देखिएको स्रोतमा उल्लेख छ ।
Discussion about this post