दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२, गाछेपानी स्थित पृथ्बीराजमार्गमा स्कुटरको ठक्करबाट एक बालक घाईते भएको ईलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी प्रमुख जगदीस रेग्मीले जानकारी दिनुभयो ।
घाईते हुनेमा सोही स्थान बस्ने १० बर्षीय सौरब थापा रहेका छन् । बिहानको समयमा गोर्खाबाट पोखरातर्फ जादै गरेको लु ६० प ५४९ नम्वरको स्कुटरको ठक्करबाट बालक थापा घाईते भएका हुन् । दुर्घटनाको क्रममा बालकको टाउको र निधारमा चोट पुगेको थियो । घाईते बालकलाई उपचारको लागि तनहुँ सेवा अस्पताल, दुलेगौडा लगिएको थियो । दुलेगौडामा सामान्य उपचार पश्चात थप उपचारको लागि कालीगण्डकी अस्पताल पोखरामा रिफर गरेको थियो । अहिले बालकको अवस्था मध्यम रहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
दुर्घटनाको केही समयपछि प्रहरी टोलि घटनस्थलमा पुगि स्कुटर र चालकलाई नियन्त्रणमा लिएको थियो । हाल घटनाको बारेमा थप अनुसन्धान भईरहेको उँहाले जानकारी दिनुभयो ।
Discussion about this post