प्रतिवन्धित विप्लव नेतृत्वको नेकपा माओबादीका कार्यत्रकर्ताहरुले तनहुँको भिमाद नगरपालिका २ का नागरिकहरुलाई राहत वितवरण गरेका छन् । तिहार पर्वका छेको समस्यामा परेको ३० घरपरिवालाई नेकपा कार्यकर्ताहरुले खाद्यान्न सहयोग गरेका हुन् ।
प्रतिबन्धको बाबजुत पनि भिमाद नगरपालिकाका सेक्रेटरी हिमाल खड्काको अध्यक्षतामा पार्टी जिल्ला सेक्रेटरी आन्नदको प्रमुख अतिथि साथै अखिल (क्रान्तिकारी)तनहुँ जिल्लाका अध्यक्ष तथा केन्द्रिय सदस्य ममता रुचालको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। राहत स्वरुप प्रति घर परिवारलाई चामल,दाल, तेल र नुन इत्यादी खाद्यान्न वितरण गरियो ।
कार्यक्रममा बोल्दै ने.क.पा जिल्ला सेक्रेटरी आन्नदले कोभिड-१९ को त्रास अझैपनी कायमै रहेकोले सबैले स्वास्थ्यलाई ख्याल गर्दै आफ्नो दैनिकीलाई सुरक्षित बनाउन आग्रह गर्नुभयो । कोरोना भाईरसलाई समुदायमा थप फैलिन नदिन सचेत हुन अनुरोध गर्नु भयो । साथै राज्य तथा स्थानीय सरकारलाई समस्यामा रहेको टोल समुदाय र परिवारलाइ निशुल्क पिसिआर जाँच गर्ने र संक्रमितलाई अस्पतालको आइसोलेसनमा राख्ने र पिडितहरुलाई राहत सामाग्री र स्वास्थ्य सामाग्री बितरण गर्न जोड्दार माग गर्नु भयो।
यसैगरी कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य एवं तनहुँ जिल्ला अध्यक्ष ममता रुचालले कोरोना महामारीको समयमा सरकार कुर्चीको भागबण्डामा व्यस्त भएर भविष्यको कर्णाधार मानिने कलिला निमुखा बालबालिकाहरुको भविष्यलाई ध्यान नदिएर बेथिती तरिकाले अनलाईन कक्षा संचालन गरेको र यसबाट लाखौँ निमुखा विद्यार्थी वर्गहरु बञ्चित भएको पनि जिकिर गर्नुभयो।
यस्तै अखिल क्रान्तिकारी विद्यार्थीहरुको गौरवशाली सङ्गठन स्थापना काल देखि नै विद्यार्थीहरुको हकहितका लागि लड्दै र आवाज उठाउँदै आईरहरको र विद्यार्थीहरुको लागि नै सङ्गठित भएको पनि जानकारी गराउनुभयो। (ममता रुचालको फेसबुकबाट )
Discussion about this post