तनहुँ खबर संबादाता
कार्तिक २०, दुलेगौंडा, तनहुँको शुक्लागण्डकी नगरपालिकामा थप ११ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार नगरमा ३ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरालो जानकारी दिएको छ । कोरोना संक्रमण भएको विरामीको वडा खुलेको छैन ।
संक्रमण हुनेमा ५५,३५ र ४५ बर्षीय महिला रहेका छन् । साथै ५१, ४२, २४, ३५, २८, २५, २१ र ३३ बर्षीय पुरुषहरुका कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय पोखराका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो
Discussion about this post