दुलेगौडा । कोरोनका माहामारी बढ्न थालेपश्चात तनहुँको शुक्लागण्डकी नगरपकालिका क्षेत्र पुन बन्द हुने भएका छन् । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले महामारी न्यूनिकरण गर्नका लागि बजार क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रबक्ता खिमबहादुर कुमालले बजार नगर क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या तिव्र रुपमा बढ्न थालेपछि स्थानीयहरुको माग अनुसार बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले बुधबार राति १२ बजेदेखि लागु हुनु गरि आगामी २५ गतेसम्म नगरका बजार क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको जनाउनुभयो ।
एक प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाले अत्यावश्यक सेवा बाहेक सवै सेवाहरु बन्द रहने जनाएको छ ।
क्षण सस्थाहरु पुर्णरुपमा बन्द हुने भएता पनि कक्षा ११ को परिक्षा भने रोकिने छैन । यस्तै बैक तथा वित्तीय सस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा समेत बन्दाबन्दीको समयमा प्रभावित हुने भएको छ । यस्तै स्थानीय स्तरमा चल्ने यातायातको सेवाहरुमा समेत रोक लगाइने प्रबक्ता कुमालले बताउनुभयो ।
नगरपालिकाका १ सय ४६ जना संक्रमित रहेका छन् भने ३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले दशैका पश्चात होम आइसोलेशनमा बस्नेहरुबाट लापरवाही हुदाँ संक्रमण फैलिएको हुन सक्ने आशंक गर्नुभएको छ ।
यो पनि पढ्नुहोस् :
Discussion about this post