कार्तिक ७ तनहुँ । शुक्लागण्डकी नगरपालिकाका बजारहरुमा अखाद्य र म्याद गुज्रिएका सामाग्रीहरु रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकाका अनुगमन समितिका सदस्यहरुले केही अघि गरेको बजार अनुगमनमा त्यस्ता सामाग्रीहरु बरामद भएको हो ।
बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईलीले म्याद गुज्रिएको सामानहरु ठुलो मात्रामा बरामद गरिएको जानकारी दिनुभयो ।
रसाइलीले उपभोक्ताहरु चाडबाडको समयमा अखाद्य सामाग्रीहरुको उपभोगबाट जोगिउन् भन्ने उदेश्यले गरिएको अनुगमनमा त्यस्ता सामानहरु भेटिएकाले बरामद गरेर नष्ट गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले सामान खरिदमा उत्पादन मितिको ख्याल राखेर मात्र सामाना खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।
बजारमा अत्याधिक मात्रामा पेय पदार्थ र मसलाजन्य सामाग्रीहरु म्याद गुज्रिएको पाइएको शुक्लागण्डकी नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले बताउनुभयो । लम्सालले नगरपालिका भित्र रहेको बजार क्षेत्रमा असोज २६ देखि कार्तिक २ गतेसम्म बजार अनुगमन गरिएको जनाउनुभयो ।
Discussion about this post