• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

भारतले एकतर्फीरुपमा नाका खोलेपछि वीरगन्जमा तनाव

Lekhnath Khabar by Lekhnath Khabar
October 22, 2020
in हेडलाईन
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, कात्तिक ६ । भारतीय पक्षले एकपक्षीयरुपमा बिहीबार वीरगन्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ ।

दुई देशको सीमामा रहेको रक्सौल भन्सारले बिहान ६ बजेदेखि नाका खुला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो ।

कोरोना संक्रमणका कारण गएको चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारणलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठूलो संख्यामा सर्वसाधारण सीमाक्षेमा जम्मा भएका छन् ।

विभिन्न निजी सवारी-साधनमा सवार सयौँ व्यक्ति वीरगन्जको मितेरीपुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मे-हम्मे परेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले यही कात्तिक ३० गतेसम्म सीमानाकाबाट आवागमन बन्द राखिने नेपाल सरकारको निर्णय भएकाले सोको कार्यान्वयन हुने बताउनुभयो ।

प्रजिअ तामाङले औपचारिकरुपमा कोही नेपाली नागरिक भारतबाट नेपाल आउन चाहन्छन् भने स्थानीय प्रशासनको अनुमति लिएर शंकराचार्य गेटको नाका भएर आउनसक्ने बताउनुभयो ।

नेपालतर्फको नाकामा नेपाली सुरक्षाकर्मीले रोकेपछि बिहीबार बिहान भारतीयहरुले रक्सौल इन्धन लिन गएका नेपाली ट्यांकरलाई मितेरीपुलमा केहीबेर अवरोध पनि गरेका थिए ।

बडादशैं, दीपावली, सोहोरहिया र छठ पर्वलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँग सीमा जोडिएका स्थल नाका बिहीबारदेखि खोलेको हो ।

Tags: सीमाक्षेत्रमा तनाव
Previous Post

३६३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

Next Post

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?