पोखरा । कोरोना भाइरसबाट कसरी जोगिने भन्नेबारे पोखरामा सचेतना शिविर गरिएको छ ।
वसन्त टे«ड कन्सर्नले पोखरामा फेमिलि, हेल्थ एण्ड हेप्पिनेस र कोरोना भाइरस सचेतना शिविर गरेको हो ।
स्कूल अफ हेप्पिनेसका संस्थापक एवं माइण्ड केमेष्ट्रि रिसर्च पर्सन हरि सिटौलाले स्वास्थ्य नै धन भएकाले कुनै पनि रोगसँग लड्न पहिला स्वस्थ्य मानसिकता आवश्यक रहेको बताए ।
उनले कोरोना भाइरसविरुद्धको एन्टिबायटिक औषधि बन्न समय लाग्ने भएकाले मानसिक रुपमा मनोबल उच्च बनाएर सरसफाइमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । विषादीयुक्त खानेकुरा, अस्तव्यस्त जीवनशैली र कमजोर मानसिकता भएका व्यक्तिमा भाइरसको आक्रमण बढी हुने उनको भनाइ छ ।
पोखरा ३ का वडाध्यक्ष रविन्सन प्रजुले मानिसको ईच्छाशक्तिबाटै रोगसँग लड्न सक्ने शक्ति विकास हुने भएकाले आफूभित्रको शक्तिलाई उजागर गर्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघ स्वास्थ्य उपसमिति संयोजक राम केसीले यसबाट जोगिने विषयमा ध्यान दिएर सचेत बन्नुपर्ने औल्याए ।
प्रतिभा बोर्डिङ स्कूलका प्राचार्य विश्वगोपाल पराजुली, शिव शिखर कृषि सहकारीका अन्जना थापा, साहित्यकार सूर्य खड्का बिखर्ची, समाजसेवी वेदकुमार श्रेष्ठलगायतले खुसी र स्वस्थ्य जीवनयापनका बारेमा बोलेका थिए ।
कार्यक्रमका संयोजक एवं वसन्त टे«ड कन्सर्नका संचालक रवि पौडेलले खानपानले मानिसको जीवनमा पार्ने असर र त्यसबाट कसरी जोगिने भन्ने विषयमा प्रस्तुति राखेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका ८० जनाको सहभागिता थियो ।
Discussion about this post