• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

झापा प्रहरीद्वारा भारततर्फ तस्करी हुन लागेका दुई ट्रक गोरु नियन्त्रण

Lekhnath Khabar by Lekhnath Khabar
November 5, 2019
in समाचार
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

 झापा प्रहरीले आज बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ । दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ ।

उन्पचास थान गोरु भारत तस्करी हुन लागेको थाहा पाएपछि प्रहरीले कनकाईको तुलसीबारीबाट पक्राउ गरेको हो । विर्तामोड प्रहरीको नेतृत्वमा बिहान ४ बजे दुवै ट्रक पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभएको छ । प्रहरीले ना.५ख ५९४६ र ना.६ ख ३८४१ नम्बरको ट्रक पक्राउ गरेको हो ।

लामो समयदेखि प्रहरीलाई छलेर सुरुङ्गा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । झापा गापाका स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले विर्तामोड प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिनुभएको बताइएको छ ।

प्रहरीका अनुसार नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गर्नुभएको हो । प्रहरीले केही महिनायता झापा रुटको निगरानी बढाएको थियो । खरेललाई कामाटोलीका दिलीप विश्वकर्माले साथ दिँदै आउनुभएको थियो ।

झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाय राख्ने केन्द्र (मण्डी) स्थापना गरेर भारतमा निकासी हुँदै आएको छ । झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोही बजारलाई प्रयोग गर्दै आएको बताइएको छ ।

केही महिनाअघि भारतीय तस्करले नेपाली व्यापारीलाई कुटपिटसमेत गरेको घटना बाहिर आएको थियो । दैनिक चार\पाँच ट्रक पशुचौपाय तस्करीका लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ ।

झापा प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरेपछि ठूलो परिमाणमा आज चौपाय नियन्त्रणमा लिएको हो । झापाका प्रहरी उपरीक्षक मैनालीले चौपायको तस्करी शून्यमा झार्ने रणनीति रहेको बताउनुभएको छ । मुख्य राजमार्गबाट दक्षिणतर्फ एउटा पनि चौपाय लैजान नदिने प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।

Previous Post

सिन्धुपाल्चोक सुकुटे बस दुर्घटना : तीव्र गति र बढी लोड

Next Post

कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो, कुटनीतिक पहलमार्फत विवाद समाधान गर्छौं : सल्लाहकार डा. भट्टराई

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो, कुटनीतिक पहलमार्फत विवाद समाधान गर्छौं : सल्लाहकार डा. भट्टराई

कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो, कुटनीतिक पहलमार्फत विवाद समाधान गर्छौं : सल्लाहकार डा. भट्टराई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?