सांसद मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा भइरहेको बयान मंगलबारको लागि सकिएको छ । सांसद आलमको बाँकी बयान भोलि हुने भएको छ ।
आलमका कानून व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि केही समयका लागि बयान रोकिएको थियो । तर, आलमका कानून व्यवसायीले मिसिल पाएपछि पुनः बीस मिनेट हाराहारीमा बयान भएको थियो ।
सांसद आलमको मंगलबारको बयान सकिएसँगै पुनः उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको जनाइएको छ । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा आजदेखि अदालतमा आलमको बयान लिइएको थियो ।
जिल्ला अदालत गौरका न्यायाधीश दीपक ढकालको ईजालसमा आलमको बयान लिइएको थियो ।
Discussion about this post