तिहारलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारमा पटेका, भुइचम्पा तथा प्रज्वलनशील पदार्थको बिक्री वितरण नगर्न कडा निर्देशन जारी गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर गर्ने र सम्भावित दुर्घटना गराउने बस्तु, पटाका, भुइचम्पा जस्ता बस्तुको खरिद तथा बिक्री गर्नेलाई कडा कारबाही गर्ने सूचना जारी गरेको हो ।
विगतदेखि नै तिहारमा मनोरन्जनका रूपमा पटाका पड्काउने, भुइचम्पा जलाउने र आतीसबाजी गर्ने चलन आइरहेको छ । तर, प्रशासनले भने पटेका पड्केर मानव जीवनमा असर गर्ने भन्दै सर्वसाधारण र व्यापारी व्यवसायीलाई यस्ता बस्तुको कारोबार बन्द गर्न आग्रह गरेको छ ।
साथैै तिहारमा जुवा, तास, नखेल्न, नखेलाउन र साँझ १० बजेसम्म मात्र मदिरा बिक्री गर्न, त्यसपछि मदिरा र होटल सञ्चालन नगर्न होटल व्यवसायीलाइ प्रशासनले आग्रह गरेको छ । कसैले कानून विपरित पटेका, भुइचम्पा, आतसबाजीको प्रयोग र बिक्री गरे कारबाही गरिने प्रशासनले जनाएको छ ।
यस्तै होटलमा जथाभावी मदिरा बिक्री गरे, १० बजेपछि मदिराको कारोबार गरे र तास जुवा खेले र खेलाइएको पाए कारबाही हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले कडा सूचना शुक्रबार जारी गरेको छ ।
देउसी भैलो रातको १० बजेपछि खेल्न बन्देज लगाइएको छ । शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले पाल्पामा रातको १० बजेपछि देउसी भैलो खेल्न नपाउने नियम लागू गरेको हो ।
Discussion about this post