• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

विभेदका पर्खालहरू द्रुत गतिमा भत्किँदै छन् : मन्त्री अर्याल

Lekhnath Khabar by Lekhnath Khabar
October 25, 2019
in अर्थ खबर
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विभेदका पर्खालहरू द्रुतगतिमा भत्किदै गएको बताउनुभएको छ ।

मानवअधिकारका लागि महिला, एकल महिला समुहद्वारा सञ्चालित हाम्रो आधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभालाई आज (शुक्रबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले महिलाका प्रगतिका बाधक विभेदका पर्खालहरू भत्किँदै गएको बताउनुभएको हो ।

‘समाजमा रहेको विभेदहरू कम हुँदै गएको प्रसंगमा महिलाहरूमाथिको सामाजिक, आर्थिक, धार्मिक एवं सांस्कृतिक विभेदहरू कम हुदै गएका छन्’ – मन्त्री अर्यालले भन्नुभयो । हिजो परनिर्भर बनेका महिलाहरू आज आत्मनिर्भर बन्नेतर्फ अगाडी बढिरहेको भन्दै उहाँले सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा दह्रो संकल्प सहित अगाडी बढ्न आग्रह गर्नुभयो ।

घरभित्र बस्ने महिलाहरू व्यवसायी बन्दै गएको भन्दै उहाँले यस्ता गतिविधिले गौरवको अनुभूति हुने बताउनुभयो ।

साथै उहाँले सीप सिकेर व्यवसायिकतामा जान जोड समेत जाेड दिनुभयाे । उहाँले भन्नुभयो – ‘अबको बाटो उत्पादन, ब्यवसायिकताकै बाटो हो, कृषिमा काम गर्नेहरूले जमिन एकैठाउँमा एकिकरण गरेर व्यवसायिक रूपमा सामुहिकतामा ठूला फार्महरू सञ्चालन गरौं, यी कुराहरूलाइ सरकारले प्रोत्साहन गर्छ ।’

महिला आन्दोलन उत्साहित हुनुपर्ने ठाउँमा भएको भन्दै उहाँले अबको जमाना आत्मनिर्भरता, सीपको, क्षमताको जमाना भएकोमा जोड दिनुभयो । संस्थालाई आधार मानेर समृद्धिको दिशामा अगाडी बढ्न आग्रह गर्दै उहाँले यही बाटोबाट नै महिलाहरू आत्मनिर्भर हुन सक्ने बताउनुभयो ।
चुनौतीहरू थुप्रै भएपनि ती चुनौतीहरूलाई जितेर अगाडी बढ्नुपर्ने उहाँको भनाइ थियो ।

हिजो एकल महिलाको जीवन अत्यन्तै कष्टकर अवस्थाबाट माथि उठेको भन्दै उहाँले लिली थापाले शुरू गरेको अभियान देशभरका सबै महिलाहरूले समर्थन गरेका कारण आज सफलता प्राप्त गरेको बताउनुभयो ।

समाजमा रहेका महिलालाई विभेद गर्ने सबै कुराहरू खोजी-खोजी त्यसको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । अब यहाँ भएका महिलाहरूको जीवनस्तर माथि उठाउन अभियानले प्रसंशनीय काम गरेको भन्दै उहाँले सरकार उक्त कार्यप्रति नतमस्तक रहेको बताउनुभयो ।

महिला हिजोपनि कमजोर नभएको र आजपनि कमजोर नभएको भन्दै मन्त्री अर्यालले हाम्रा मूल्यमान्यता, सोचहरूले कमजोर बनाइएको बताउनुभयो ।

Previous Post

ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल एक भए

Next Post

चाडपर्वका अवसरमा नेपाल टेलिकमको अफरै अफर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
चाडपर्वका अवसरमा नेपाल टेलिकमको अफरै अफर

चाडपर्वका अवसरमा नेपाल टेलिकमको अफरै अफर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?