• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सरकारविरुद्ध सडकमा आइहाल्नुस् भन्दिनँ तर मनाेविज्ञान बनाएर बस्नुस् : गगन थापा

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2019
in समाचार
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिष्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले बडादशैँ, दीपावली, छठ एवं नेपाल संवतका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले कम्युनिष्ट सत्ता निर्माण गर्ने सरकारको कार्यशैलीको प्रतिकारका लागि एकजुट हुन पनि आव्हान गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार बहुमतको आधारमा आफूलाई कम्युनिष्टीकरण गर्ने कोसिसमा लागेकाले त्यसतर्फ कांग्रेस संवेदनशील बन्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । नेपालका कम्युनिष्टहरुले पनि जनताको सर्वोच्चता मान्नेछन् भन्ने आँकलन गरियो भने भविष्यका लागि धेरै नै प्रत्युत्पादक हुने भन्दै उहाँले त्यसविरुद्ध एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

नेता शेखर कोइरालाले वर्तमान अवस्थामा लोकतन्त्र कमजोर अवस्थामा रहेको र सत्ता कब्जा गर्ने नियतले सरकारअघि बढेको बताउनुभयो । राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, सम्पत्ति शुुद्धिकरण लगायत सरकारका अङ्गहरुलाई प्रधानमन्त्रीले आफ्नो मातहतमा ल्याएर सर्वसत्तावादतर्फ उन्मुख भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी सचेतक पुष्पा भुसालले नेपाली कांग्रेस कम्युनिष्टभन्दा फरक हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रजातन्त्र संरक्षणको दायित्व बोधका सबै प्रजातन्त्रका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

युवा नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकार सरकारको भर्‍याङ चढेर नेपालमा कम्युनिष्ट सत्ताको निर्माण गर्न उद्दत रहेको बताउनुभयो । उहाँले संविधानले दिएको क्षेत्राधिकारभन्दा बाहिर गएर सबै संस्थाहरलाई नियन्त्रणमा लिने बाटोमा अघि बढेको सरकारले संसदलाई आफ्नो छायाँ बनाएको तथा न्यायलय पनि सरकारसँग डराएको अवस्थामा रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपाको सरकार सरकारको भर्‍याङ चढेर नेपालमा कम्युनिष्ट सत्ताको निर्माण गर्दैछ । सरकार संविधानले दिएको क्षेत्राधिकारभन्दा बाहिर गएर सबै संस्थाहरु बिस्तारै नियन्त्रण गर्ने बाटोमा उद्दत छ । नेपालको अदालत सरकारसँग डराएको अवस्था छ । नेपालको संसदलाई सरकारले आफ्नो छायाँ बनाएको छ । जनताको अधिकारलाई संसदभित्रबाट एकपछि अर्को कानुन बनाएर खोस्दैछ ।’

उहाँले नेपालमा कम्युनिष्टको सत्ता निर्माण गर्ने कुरालाई कांंग्रेसले स्वीकार गर्न नसक्ने भन्दै प्रतिकारका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्नुभयो ।

‘हिजो राजाका विरुद्धको लडाइमा त्यो हानि र क्षति बेहोर्न तयार भएर तपाईँहरु सडकमा आउनुभएको थियो । म अहिले नै सडकमा आइहाल्नुहोस् भन्दिनँ । तर मनोविज्ञान त्यो बनाएर बस्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु । त्यो हानि बेहोर्न तयार हुनुपर्छ । क्षति बेहोर्न तयार हुनुपर्छ । राजाको सत्ता निर्माण गर्ने कुरा रोकेर आएको कांग्रेसले नेपालमा कम्युनिष्टको सत्ता निर्माण गर्ने कुरालाई स्वीकार गर्न सक्दैन । यसका विरुद्ध लड्छ भन्ने ताकत हामीले निर्माण गर्नुपर्नेछ र हाम्रो ताकत भयो भने नेपाल कम्बोडिया बन्दैन ।’

नेता थापाले पछिल्लो निर्वाचमा बेहोर्नुपरेको पराजयका कारण कांग्रेस आत्मविश्वास गुमाएको अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनमा जित/हार हुनु स्वभाविक भएकाले हारलाई शक्तिमा बदलेर आउँदो चुनावमा निर्वाचनमा जित्ने लक्ष्य र उत्साहका साथ एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

Previous Post

कम्युनिष्टहरु अर्को निर्वाचनमा पत्तासाफ हुन्छन : सहमहामन्त्री महत

Next Post

विश्व फुटबल वरियतामा नेपालको स्थान ६ स्थान तल खस्क्यो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
विश्व फुटबल वरियतामा नेपालको स्थान ६ स्थान तल खस्क्यो

विश्व फुटबल वरियतामा नेपालको स्थान ६ स्थान तल खस्क्यो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?