• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सिस्नेखोला-नागढुङ्गा सडकको अवस्था जीर्ण, सरकार किन मौन ?

Lekhnath Khabar by Lekhnath Khabar
September 27, 2019
in समाचार
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

चाडबाड नजिकिएसँगै राजधानी भित्रने र बाहिरिने यात्रुहरुलाई नागढुङ्गा जाम टाउको दुखाईको विषय बनेको छ । पछिल्लो चार दिनदेखि उक्त ठाउँमा जाम यति भयानक छ, कि त्रिभुवन राजपथस्थित सिस्नेखोलाबाट काठमाडौं आइपुग्न घण्टौं लाग्ने गरेको छ । दशैंको मुखमा यात्रुहरु घण्टौँसम्म जाममा फस्न बाध्य छन् । जामकै कारण यात्रुदेखि प्रहरीसम्म दिक्क भइसकेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको टोलीले करीब दुईकिलो मिटर सिस्नेखोलासम्म र इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्का आफै खत्रीपौवासम्मको बाटो खुलाउन खटिएका छन् । सो ठाउँमा जाम नघट्नुको मुख्य कारण हो, जीर्ण सडक ।

दुई लेनको सडकमा जताततै खाल्डाखुल्डी र पानी जमेको मात्र देख्न सकिन्छ । जीर्ण राजमार्ग र सवारीको चापले गर्दा १५ मिनेटमा पुग्न सकिने ठाउँ पुग्न तीन घण्टा लाग्ने गरेको छ । उकालो बाटो, घुमाउरो मोड, ओभरलोडका सवारी साधन र ओभरट्याकका कारण राजधानी छिर्ने मुख्य नाका नौबिसे–नागढुङ्गा सडकमा जाम हुँदा यात्रुहरुले हैरानी खेप्नुपरेको छ ।

उकालो लाग्ने भागतर्फ चक्का बस्ने ठाउँमा दुई फिटसम्मका खाँडल परेका छन् । साना सवारीलाई त यो सडक अफ रोड भन्दा बढी खराब छ । ठूला सवारीहरु लोड बोकेर उकालो लाग्दा कति ठाउँमा चिप्लिएर ब्याक सर्छन् । धेरै सामग्री बोकेर आएका सवारीसाधन विभिन्न ठाउँमा अघि बढ्न नसकेर रोकिन्छन् । त्यसकै असरले जाम विकराल बन्दै गएको छ । अब दशैंअघि यो समस्या घट्ने हैन, बढ्ने अवस्था देखिएको नागढुङ्गाका प्रमुख इन्सपेक्टर ज्ञानबहादुर खड्का बताउँछन् ।

उकालोमा सवारी बिग्रँदा वा तान्न नसक्दा गाडी तान्नको लागि नागढुङ्गा प्रहरीले स्टयान्डबाई एउटा –याकेट पनि राखेको छ । आजै मात्र उक्त –याकेटले करीब ९ वडा गाडी सुरक्षित स्थानमा स्थानन्तरण गरेको नागढुङ्गाका इन्सपेक्टर खड्काले जानकारी दिए । राजधानी भित्रने मुख्य प्रवेशद्वार नाका नौबिसे–नागढुङ्गाका विभिन्न ठाउँमा सडक जीर्ण भएपछि जोखिम मोलेर यात्रुहरु यात्रा गर्न बाध्य भएको खानीखोलाका प्रमुख इन्सपेक्टर रुक बहादुर खड्काले बताए ।

खानी खोलाका इन्सपेक्टर खड्काले जामका कारण यात्रुले दुःख नपाउन भन्ने हेतुले प्रहरी कर्मचारी संवेदशील भएर खटिरहेको समेत जानकारी दिए । उनी थप्छन्, ‘सडकको अवस्था जीर्ण भएका बेला पानी पनि परिरहेकाले जाम बढ्दो छ । बाटो सुधारमा ध्यान दिन सकियो भने केही हदसम्म व्यवस्थापनमा कमी आउँथ्यो ।’

‘नेपालको सबैभन्दा पूरानो राजमार्ग सरकारको बेवास्ताले जीर्ण बन्दै गएको छ,’ धादिङ खत्रीपौवाका स्थानीय सीता तामाङले भनिन्, ‘राजधानी प्रवेश गर्ने सडकमा खाल्डाखुल्डी र बढी मोड भएकाले दुर्घटना बढाएको छ ।’ जीर्ण सडकमा घण्टौँ सवारी जाम हुँदा काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन । ‘राजधानी आवतजावत गर्ने भरपर्दो वैकल्पिक राजमार्ग पृथ्वी राजमार्गमा लामो समयदेखि सरकारको ध्यान गएको छैन’ ।

कमजोर कालो पत्रे र क्षमता भन्दा बढी भार बोकेर सवारी साधनहरु राजधानी आउने गरेका कारण सडकको यस्ता अवस्था भएको हो । यता नागढुङ्गा–नौबिसे सडकमा जाम भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि सो ठाउँमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई नै खटाएको छ । नागढुङ्गादेखि सिस्नेखोलासम्म बाटो सारै जीर्ण भएकै कारण महाशाखाले ट्राफिक व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरी निरीक्षक अनिल उप्रेतीको कमाण्डमा ९ जनशक्ति थप गरेको छ ।

यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि सो ठाउँको जाम व्यवस्थापनको लागि जनपथतर्फबाट १५ जना प्रहरी जनशक्ति थप गरेको परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । पानी परेको समयमा ठूलो मालबाहक सवारी साधनको लोड, त्यसमाथि पनि बाटोको दैयनीय अवस्थाका कारण प्रहरीलाई समेत जाम खुलाउन हम्मेहम्मे परेको देखिन्छ ।

प्रहरीले उकालोका विभिन्न भागमा सवारी व्यवस्थापन गर्दै लेन मिलाउँदै आएका छन् । तर जाम एक प्रतिशत घट्न सकिरहेको छैन । कारण हो, जीर्ण सडक र क्षमता भन्दाको दयनीय सडकको अवस्था । धेरै सवारी चल्ने सडकको अवस्था नै कमजोर हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

दशैंमा घर जानका लागि निकै समस्या र दुःख खेप्नु परेको यात्रुहरुले बताउदै आएका छन् । चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले नागढुगादेखि कंलकीसम्मको बाटो त्यति चाप नरहेको र नागढुगादेखि तल सिस्ने खोलासम्मको बाटो साँगुरो भएको कारण समस्या आएको बताए ।

Previous Post

घिसिपिटी तरिकाबाट होइन, फड्केर पार्टी अगाडि बढ्छ: अध्यक्ष दाहाल

Next Post

झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै सुरु भएको रिले अनसन २०औँ दिनमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै सुरु भएको रिले अनसन २०औँ दिनमा

झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै सुरु भएको रिले अनसन २०औँ दिनमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?