• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

आत्महत्या दुरुत्साहनको मुद्दा लागेपछि बाबुले छोरीलाई सल्फास खुवाए, आफूले पनि गरे आत्महत्या !

Lekhnath Khabar by Lekhnath Khabar
September 23, 2019
in समाचार
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

आत्महत्या दुरुत्साहनको मुद्दा लागेपछि कैलालीमा बाबुले छोरीको हत्यासँगै आत्महत्या गरेका छन् ।

गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले छोरीलाई सल्फास सेवन गराएर आफूले पनि आत्महत्या गरेका हुन् । उनले तीन वर्षीय छोरी अनुष्कालाई सल्फास खुवाएपछि आफैले पनि खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार गएको वैशाख १६ गते रामबहादुरकी श्रीमती सरिता कलेलले कोठामै झुण्डिएर आत्महत्या गरेपछि उनीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो ।

सरिताका माइती पक्षले रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका थिए । गएको जेठ २६ गते जिल्ला अदालत कैलालीले रामबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । साउन २२ गते अदालतले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए ।

अपराध संहिता लागू भएपछि कैलालीमा आत्महत्या दुरुत्साहनमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । एक वर्षको अवधिमा कैलालीमा आत्महत्या दुरुत्साहनको १४ वटा मुद्दा दर्ता भएका छन् ।

त्यसमध्ये एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने आठ जना धरौटीमा रिहा, दुई वटा मुद्दामा अनुसन्धान जारी रहेको र एक जना साधारण तारेखमा छुटेका छन् ।
-ujyaaloonline

Previous Post

पोखरा प्रिमियर लिग कात्तिक २६ देखि हुने !

Next Post

फिफा वर्ष खेलाडी को ?

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
फिफा वर्ष खेलाडी को ?

फिफा वर्ष खेलाडी को ?

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?