• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

मुस्ताङको जोमसोम विमानस्थल बन्द हुने

Lekhnath Khabar by Lekhnath Khabar
June 7, 2019
in अर्थ खबर, विचार/ब्लग
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।“असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भन्नुभयो, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उहाँको भनाइ छ ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो ।

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा रु नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो । असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताउनुभयो । धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ ।

पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ । पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ ।

Previous Post

आरिख किन दिए प्रदेश ३ का मुख्य न्यायाधिवक्ताले राजीनामा ?

Next Post

काठमाडौँमा गोली चल्यो, डाँका समूहका छिरिङलाई लाग्यो गोली, अवस्था गम्भिर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
काठमाडौँमा गोली चल्यो, डाँका समूहका छिरिङलाई लाग्यो गोली, अवस्था गम्भिर

काठमाडौँमा गोली चल्यो, डाँका समूहका छिरिङलाई लाग्यो गोली, अवस्था गम्भिर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?