• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तरर्वार्ता

बामदेव गौतमका लागि कमला रोका बन्लिन् त बलीमा चढाएको बोको ?

Lekhnath Khabar by Lekhnath Khabar
September 12, 2018
in अन्तरर्वार्ता, राष्ट्रिय
0
2
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘रुकुम पूर्वका जनताको माया र सम्मानलाई आत्मसाथ गर्दै समृद्द नेपाल र सुखी नेपाली निर्माण गर्ने अभियान रुकुम पूर्वबाट सुरुवात गर्ने संकल्पलाई फेरि एकपटक स्मरण गर्न चाहन्छु’ यो सांसद कमला रोकाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको स्टाटस हो यो ।

उनले बुधबार केही सञ्चार माध्यमहरुमा रोल्पाबाट धनबहादुर बुढाले बामदेव गौतमका लागि राजीनामा नदिने भएपछि रुकुम पूर्वबाट कमला रोका, प्यूठानबाट दुर्गा पौडेल लगायतलाई राजीनामा गराउने प्रयास भइरहेको भन्ने समाचार आएका थिए ।

तिनै समाचारप्रति उनले आक्रोस पोखेर स्टाटस पोष्ट गरिन् । र उनको स्टाटस स्वभाविकै भएको र कसैका लागि बलिदानी नगर्नुस् भन्ने प्रतिक्रिया पनि आएका छन् । ‘उपनिर्वाचनका विषयमा मसँग जोडिएर आएको हुनाले जनतालाई स्पष्ट पार्न फेसबुकमा लेखेकी हुँ’ उनले भनिन्, ‘यो हल्ला मात्र हो र यो सपना देख्ने कुरा पनि होइन ।’

‘जनता महान हुन्, जनताको अभिमतलाई कुल्चिएर जानै सकिन्न नि’ उनले भनिन्, ‘रुकुमका जनताले मसँग ठूलो सपना देखेर भारी मत दिएका छन्, म त्यो मतलाई कदापि खेर जान दिन्न ।’

हुन पनि हो उनले मंसिर १० मा भएको प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना १४ हजार ४ सय ३४ मत ल्याएर विजयी बनेकी थिइन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीले घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।

अहिले एकाएक पूर्वी रुकुममा बामदेव गौतमलाई भित्र्याउन रोकालाई राजीनामा गराउने हल्ला फैलिएपछि जिल्लामा अनेकौ चर्चा चल्न थालेको छ । रुकुममा कुनै पनि हातमा रोकाले राजीनामा दिन नहुने मत बढेको छ । रोकाले पनि मंगलबारदेखि नै जनताले फोन गरेर जनताको मतको सम्मान गर्न सुझाव आइरहेको बताइन् ।

‘सम्झौता गर्न थालेकी छन् कि के हो भनेर दवाव आइरहेको छ’ उनले भनिन्, ‘जनताभन्दा ठूलो अरु हुन सक्दैन । म जनताबाट निर्वाचित भउको हुँ र मलाई जनताले सजिलै उन्मुक्ति दिनेवाला छैनन् ।

तारो बने महिला
संविधानले ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरेको छ । तर, दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निकै थोरै उम्मेदवार बनाएका थिए ।

१६५ सिटमा कांग्रेसले ९, एमालेले ५, माओवादी केन्द्रले ४, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ जना महिला उम्मेदवार बनाएका थिए । राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा महिला उम्मेदवार नै बनाएनन् । नेपाली कांग्रेसले ९ जना महिलालाई उम्मेदवार बनाएको भए पनि एक जनाले पनि जित हात पार्न सकेनन् ।

तीमध्ये ६ जना महिलाले मात्रै जित हात परेका थिए । तिनैमा पर्छिन् कमला रोका पनि । माओवादीबाट कञ्चनपुर–१ मा विना मगर, ललितपुर–३ मा पम्फा भुसाल र रुकुम पूर्वमा कमला रोका विजयी भएका छन् । झापा–२ बाट एमालेकी पवित्रा निरौला खरेल, प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र स्याङजाबाट पद्मा अर्याल निर्वाचित भएका छन् ।

तर, अहिले बामदेव गौतमलाई सांसद बनाउन महलिामाथि प्रहार गर्न थालिएको छ । पहिलो चरणमा पूर्वी रुकुमबाट रोका र प्युठानबाट पौडेललाई हटाएर गौतमलाई भित्र्याउने खेल भइरहेको छ । यसलाई महिला अधिकारकमीृहरुले आपत्ति जनाएका छन् ।

को हुन् कमला रोका ?
२०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी रोका २०४६ सालदेखि राजनीतिमा लागेकी हुन् । जनयुद्ध शुरु भएलगतै कक्षा १० को पढाई छोडेर उनी भूमिगत भएकी थिइन् ।

२०५३ सालमा माओवादीको जिल्ला समिति सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य भएकी थिइन् । उनी २०६२ देखि ०६३ सम्म ब्रिगेड कमिसार भएर पाल्पा लडाइँमा समेत सहभागी भएकी थिइन् । रुकुमबाट यसअघि माओवादीका तर्फबाट समानुपातिक सभासद् बनेकी थिइन् । उनी पूर्व युवा तथा खेलकुद मन्त्री पनि हुन् ।

Previous Post

अर्बुद रोग निवारण संस्थाद्वारा शिविर सञ्चालन

Next Post

बलात्कार घटनाको विरोध गर्दै महिला सडक आन्दोलनमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो
धर्म संस्कृति

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो

रूपावासीको गौरवका रूपमा परिचित थिए पाइलट कमल केसी
राष्ट्रिय

रूपावासीको गौरवका रूपमा परिचित थिए पाइलट कमल केसी

गणेश कंडेलको शव्द, प्रमोद खरेलको आवाजमा ‘रुने बानी ‘ सार्वजनिक
गीत संगीत

गणेश कंडेलको शव्द, प्रमोद खरेलको आवाजमा ‘रुने बानी ‘ सार्वजनिक

आज तमु ल्होसार मनाइँदै
मुख्य समाचार

आज तमु ल्होसार मनाइँदै

राजनीति

कास्की कांग्रेसको अस्तित्व रक्षार्थ शुक्र-तारा-महादेवलाई मिलेर जान दबाब

Next Post

बलात्कार घटनाको विरोध गर्दै महिला सडक आन्दोलनमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?