काठमाडौँ । जनशक्ति अभाव तथा युवा जनशक्ति विदेशिनाले गर्दा भूकम्प पिडितहरूका घर टहरा अझै निर्माण हुन सकेको छैन । गाउँमा जनशक्तिको अभावका कारणले भूकम्पले क्षेती पुर्याएको ३ वर्ष वितिसक्दा पनि अझै केही मात्र पुनः निर्माण भएका छन् भने अझै धेरै भुकम्पपिडितका घर बन्न सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन्।
ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले आव २०७५/०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६/०७७ भित्र सबै घर निर्माण कार्य पूरा गर्ने बताउनु भयो ।
कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादवले पनि भूकम्पपीडितलाई आएको विदेशी सहायता पीडितसम्म नपुगेको, राष्ट्रिय प्राधिकरणको काम कछुवा गतिमा अघि बढिरहेको, जनताहरू पहिरोको जोखिममा पर्दै गएको बताए ।
सांसद आशाकुमारी विकले भूकम्पपीडितले धेरै दुःख पाइसकेकाले उनीहरुको घर समयमै निर्माण गर्नेतर्फ सरकारले चाँडो यसमा निचोड निकाल्नु पर्ने बताउनुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष श्रीहरि अर्यालले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि सदाचार कार्यक्रम सञ्चालन गर्दै आएको र नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा २७ प्रतिशत लाभग्राहीले मात्र घर निर्माण कार्य पूरा गरेको जानकारी दिइयो ।
Discussion about this post