काठमाडौँ । उपत्यकाभित्र प्राय जसो जति नै पानी भएता पनि उपभोक्ताहरूलार्इ खानेपानीको उत्तिकी अभाव भैरहेको छ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा अहिले ३ करोड लिटर खानेपानी पानी थप गरिएको छ ।
उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । यसका साथै अव पानीको अभावमा रहेका उपत्यकाका बासिन्दाका लागि राहत मिल्ने आँकलन गरिएको छ ।
खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा आजैदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले लिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिने बताउनुभयो ।
मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पानी प्रशोधन गरी वितरण हुने बताउनुभयो । निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले थपिएको पानीले दैनिक आठ लाख ४० हजार जनता लाभान्वित हुने बताउनुभयो ।
Discussion about this post