• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

सडकको गुणस्तर मापन गर्ने उपकरण भित्र्याइदै

Lekhnath Khabar by Lekhnath Khabar
August 16, 2018
in मुख्य समाचार, समाचार, हेडलाईन
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ ।  मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो” यसका बारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सङ्घीय संसद्, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो जानकारी दिँदै बनेका सडकमध्ये स्थानीय तह, प्रदेश तथा सङ्घ कुनबाट सञ्चालन, मर्मत गर्ने भन्ने छिट्टै निर्णय हुने बताउनुभयो । काठमाडौ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी कहिलेसम्म पुरिन्छ भन्ने सांसदको जिज्ञासामा मन्त्री महासेठले भदौ १२ गतेसम्म पुरिसक्ने जवाफ दिनुभयो । उहाँले पाँच वर्षभित्रमा सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालले जोड्ने लक्ष्य रहेको जानकारी दिँदै कलङ्की–नागढुङ्गा, चाबहिल साँखु सडक उपलब्ध जमीनका आधारमा नै निर्माण अगाडि बढ्ने नीतिगत निर्णय भएको बताउनुभयो ।
“सर्वोच्च अदालतबाट विशेष गरी ती दुई सडक विस्तारका क्रममा भएको आदेशलाई पुनरावलोन गर्न सरकारले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिइसकेको छ,” मन्त्री महासेठले भन्नुभयो । मन्त्री महासेठले असार १ गतेदेखि मसान्तसम्म सडक निर्माण गर्न रोकिएको जानकारी दिँदै असारे सडक विकास अब रोकिने जानकारी दिनुभयो ।
सांसद रङ्गकुमारी शाहीले रेलभन्दा मोटरबाटोको आवश्यकता रहेको चर्चा गर्दै सिमीकोट हिल्सा सडकको ट्रयाक खोल्ने काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केरुङ काठमाडौँ रेल मार्ग, रक्सौल काठमाडौँ रेल मार्गका लागि मन्त्रालयले विभिन्न काम अगाडि बढाएको जानकरी दिनुभयो ।

Previous Post

धेरै दिनपछि शेयर बजारमा सामान्य सुधार

Next Post

सिभिल बैंकले नाफा बढायो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post

सिभिल बैंकले नाफा बढायो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?