• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

आफन्त नै जब अपहरणकारी बन्छन्

उपत्यकामा घटेका घटनाहरुमा चिनजानकै व्यक्तिबाट बालकहरु अपहरणमा

Lekhnath Khabar by Lekhnath Khabar
August 7, 2018
in मुख्य समाचार, समाचार, समाज, हेडलाईन
0
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंमा अपहरण र फिरौती असुलीका अपराध पछिल्ला वर्षमा केही घटेको पाइन्छ । तर पनि यस्ता अपहरण फिरौतीका घटनाहरु रोकिएको भने छैन । अहिले यस्तो घटना बढ्न थालेको छ । चिनजानकै व्यक्तिबाट अपहरण गरी फिरौती माग्ने घटना बढेको प्रहरी स्वयंमले स्वीकारेका छन् ।

उपत्यकाभित्र कै कुरा गर्दा यही आइतबार मात्रै काँडाघरीका ११ वर्षिय निसान थापाको अपहरण लगतै हत्या भयो । तर अपहरण पछि हत्या भएको तीनै बालकको चिनजानका व्यक्ति मानिन्छन् अपहरणकारी । बालकले ‘अंकल’ भनेर बोलाउने नुवाकोटका गोपाल तामाङले उनको अपहरण गरेका थिए । बालकलाई बन्धक बनाउन नसकेपछि हत्या गरे ।
गत वर्ष साउन १२ मा सोह्रखुट्टे बस्ने ५ वर्षिया बिशाल चौधरीको अपहरण भएको थियो । उनका बुबा विजयका साथी राजु विकले नै स्कुलको गेटबाटै उनको अपहरण गरी ५० लाख फिरौती रकम मागे गरेका थिए। एक हप्तापछि काँडाघारीबाट प्रहरीले बालकलाई अपहरणमुक्त बनाएको थियो ।

उक्त घटनाको अपहरणमा संलग्न विक र विष्णु पाण्डेलाई प्रहरीले पक्राउ गरेकोमा हाल उनीहरु जेलमा छन् ।

५ फागुन २०७३ मा मखनटोलका साडी पसले श्याम सुन्दर अग्रवालको उनकै पसलमा काम गर्ने युवतीलाई प्रयोग गरि अपहरण गरिएको थियो । युवती राधिका श्रेष्ठ र उनका साथीहरुले अग्रवाललाई सुन्धाराको होटलमा बोलाएर बन्धक बनाई १० लाख ७० हजार फिरौती रकम लिएका थिए। उनका प्रेमी रहेका भक्तपुरका प्रकाश लामिछाने सो घटनाको प्रमुख योजनाकार थिए । फिरौती लिएपछि अग्रवाललाई होटलमै बन्धक बनाएर उनीहरु भागेका थिए।

अपहरणमा राधिकालाई प्रयोग गरेपछि घटनामा आफ्नो पहिचान खुल्ने डरले उनले राधिकालाई पनि सोही दिन बेलुका हत्या गरी मारेका थिए। हत्यामा संलग्न लामिछाने गत वर्ष असोजमा मात्र प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
यी र यस्ता धेरै घटनाहरु आफ्नै चिनजानका व्यक्ति र आफन्तहरुबाटै भइ रहेका छन् । अघिल्ला दुई अपहरणमा पीडितहरु जोगिन सफल भएका थिए । तर, आइतबारको घटनामा भने प्रहरीले अपहरणमा परेका ती बालक बचाउन सकेनन् । अपहरणको केही घन्टामै अपहरणकारीले उनको हत्या गरेका थिए ।

पछिल्लो समय चिनजानकै व्यक्तिबाट अपहरण हुन थालेकोले सतर्कताको आवश्यकता देखिएको काठमाडौं परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल बताउँछन्।

चिनजानका व्यक्तिबाट हुने अपहरणमा खासगरी बालकहरु जोखिममा पर्ने गरेका छन्। यसका लागि अभिभावक सचेत हुनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।
सोह्रखुट्टेका बिशाल चौधरीको स्कुलको गेटबाट नै अपहरण भएको थियो । जसमा स्कुलको समेत कमजोरी थियो।
बालकहरुलाई निरन्तर निगरानीमा राख्ने, अभिभावकको अनुमती बिना अन्य व्यक्तिसँग खेल्न वा घुम्न जान नदिने र बालक हराएमा तत्कालै प्रहरीलाई खबर गर्नुपर्ने प्रहरी अधिकारीहरुको सुझाव छ । यसका साथै स्वयं स्कूलले पनि बालकका आफ्न्त भन्दा अरुलाई बालक जिम्मा लगाउने र स्कूलले आफ्नो मर्यादाको पाना नगर्नाले पनि घटनाहरु तिब्र बढेको पाइन्छ ।

Tags: अपराध
Previous Post

१० वर्षसम्म पुल निर्माण हुन सकेन

Next Post

नेपालले भारतसँग एक दिवसीय सिरिज खेल्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

नेपालले भारतसँग एक दिवसीय सिरिज खेल्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?