• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

३ वर्षमा यति धेरै वन्यजन्तु मारिए

Lekhnath Khabar by Lekhnath Khabar
August 4, 2018
in मुख्य समाचार, समाचार
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

बाँक । ३ वर्षमा मात्र मात्र यति धेरै बन्यजन्तु मारिएका छन् । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ ।
निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेकाले संरक्षणमा अर्को चुनौती थपिएको हो ।

यस्तै सिक्टा सिँचाइ आयोजना अन्तर्गत नहरको आठ किलोमिटर खण्ड निकुञ्जभित्र पर्छ । गर्मी तथा सुख्खायाममा वन्यजन्तु पानीको प्यास मेटाउनका लागि राजमार्ग हुँदै सिक्टा नहर तथा राप्ती नदीसम्म झर्ने गर्छन् । पानी खाने क्रममा वन्यजन्तु सिक्टा नहरमा डुबेर मर्ने गरेका छन् ।

दैनिक सयौँको संख्यामा सवारी साधनको आहोरदोहोर हुने महेन्द्र राजमार्गमा गाडीको ठक्करबाट तीन वर्षको अवधिमा १७२ वन्यजन्तु मारिएका थिए भने सिक्टा सिँचाइ आयोजनाको नहरमा परेर हालसम्म एउटा चित्तल मरेको र भने तीनवटालाई उद्धार गरी सुरक्षित बासस्थानमा छाडिएको छ । मारिने वन्यजन्तुमा आहारा प्रजातिका बँदेल र चित्तल धेरै रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जको तथ्यांकअनुसार सबैभन्दा बढी गत आर्थिक वर्ष २०७४/७५ मा ६८ वन्यजन्तु मारिएका थिए । त्यस्तै आव २०७२/७३ मा ४३ र २०७३/७४ मा ६१ वन्यजन्तु मारिएका थिए । वन्यजन्तु मारिने क्रम हरेक वर्ष बढ्दो क्रममा रहेका कारण संरक्षण चुनौतीपूर्ण बनेको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुरपुर्जा पुनले राजमार्गमा बढ्दो सवारी चापले वन्यजन्तु जोगाउन धौ–धौ भएको बताउनुभयो । “वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा निर्मित भौतिक संरचना वन्यजन्तुकै लागि धराप बनिरहेका छन् भने वन्यजन्तुको आक्रमणबाट मानिसले समेत ज्यान गुमाउने खतरा पनि उत्तिकै छ,” उहाँले भन्नुभयो ।

“वन्यजन्तु निकुञ्जमा मात्र नबसी सबैतिर ओहोरदोहोर गर्छन्,” प्रमुख संरक्षण अधिकृत पुनले जोड दिनुभयो “उनीहरूको संरक्षणसँगै वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा निर्मित भौतिक संरचनाका कारण मानिसले पनि ज्यान गुमाउनुपर्ने खतरा छ । यसबारे नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने देखिन्छ ।”
राजमार्गमा २४सै घण्टा हुने गाडीको ओहोरदोहोरले वन्यजन्तुको आवागमन असहज बनाएको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको श्रीमेयर गणका गणपति तथा प्रमुख सेनानी वासुदेव धिमालले बाँके राष्ट्रिय निकुञ्जमा नहर र राजमार्गकै कारण आहारा प्रजातिलाई संरक्षण गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो । “नहरमा फसेका केही वन्यजन्तुलाई हामीले उद्धार गरेका छौँ,” उहाँले भन्नुभयो ।
वन्यजन्तु संरक्षणका लागि सिक्टा नहर क्षेत्रमा निकुञ्जले दुई किलोमिटर क्षेत्रमा ‘वाइल्डलाइफ गाइडिङ फेन्च’ निर्माण गरेको छ ।

Previous Post

कानूनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

Next Post

भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?