• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home पत्रपत्रिका

‘हिम्मतवाली’का नायकको यत्रो हिम्मत

सुदर्शन वर्षौंदेखि मानव तस्करीमा संलग्न

Lekhnath Khabar by Lekhnath Khabar
August 1, 2018
in पत्रपत्रिका, हेडलाईन
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं | नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो । उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो । जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए । जहाज अड्किएको १४ दिनपछि सुमित्राको स्वास्थ्य बिग्रिएको थियो ।

औषधिउपचार अभावमा सुमित्राको मृत्यु जहाजमै भएको थियो । खाना र पिउनेपानीको अभावकै कारण जहाजमा सवार सबै बेहोस भएका थिए । समुद्री यात्रा गरिरहेका बाहमासका सुरक्षाकर्मीले अलपत्र जहाज भेट्टाएपछि उनीहरूको उद्धार गरेका थिए ।

कलाकार बनाएर मानव तस्करी
प्रहरीका अनुसार उनीहरूलाई नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेले पु-याएका थिए । त्यसपछि अमेरिका लैजाने जिम्मा भने गौतमले लिएका थिए । उनीहरूलाई संस्कार नामक चलचित्रका कलाकार तथा प्राविधिक बनाएर अमेरिका लगिँदै थियो । त्यसमध्ये सागर, लेकबहादुर, अनिल र सुरजलाई भने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरिसकेको छ ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले मानव तस्करीमा हिम्मतवाली चलचित्रका नायक सुदर्शन गौतमको संलग्नता देखिएको बताए । उनले भने, ‘हामीले केहीलाई पक्राउ गरेका छौँ । केही निगरानीमा छन् । उनीहरूको बयान सुन्दा सुदर्शन गौतमको पनि संलग्नता देखिन्छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

यी रुट हुँदै अमेरिका गएका थिए तीन युवती
प्रहरीका अनुसार बाँके कोहलपुरका जसोदा र पुष्पलाई सागर, लेकबहादुर, अनिल र सुरजको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बैंकक लगे । बैंककमा दुई महिना राखे । त्यसपछि मलेसिया लगे । त्यहाँ १२ दिन राखे । अनि सिंगापुर लगे । त्यहाँ ८ दिन बिताए । फर्काएर उनीहरूलाई भारतको दिल्ली ल्याइयो । दिल्लीमा ६ दिन राखियो ।

भक्तपुरकी सुमित्रा कुँवरलाई पहिले नै त्यहाँ राखिएको रहेछ । त्यहाँबाट तीनैजना ‘संस्कार’ फिल्मको सुटिङका लागि हाइटी जान लागेको भन्दै नक्कली कागजात बनाइयो । सोही कागजातका आधारमा तीनैजनालाई दिल्लीबाट रसियाको मस्को हुँदै स्पेनको म्याड्रिड, बोगटा लगियो ।

त्यसपछि सबैलाई डोमेनिकन रिपब्लिक लगियो । करिब एक महिनाको बसाइपछि उनीहरूलाई हाइटीको राजधानी पोर्ट अफ प्रिन्स लगियो । त्यहाँ ३ महिना राखियो । त्यसपछि उनीहरूलाई हाइटीकै अर्को सहर पोर्ट अफ वे लगियो । त्यहाँबाट पानीजहाज चढाएर पोभो लगियो । यहीक्रममा जहाजको इन्जिन बिग्रियो । १८ दिनसम्म जहाज समुन्द्रमै बेवारिसे बन्यो । यसक्रमा भक्तपुरकी सुमित्राको जहाजमै ज्यान गयो । अन्य भने बेहोस बने । यहीबीचमा बाहमासका सुरक्षाकर्मीले अलपत्र जहाज भेटे । भन्ने समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

 

Previous Post

अरबले दियो अवैध विदेशीलार्इ स्वदेश फर्कन पाउने अवसर

Next Post

जोशीबारे आज निर्णय होला ?

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post

जोशीबारे आज निर्णय होला ?

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?